अमेरिकासँग एसपीपी सम्झौता नहुने; प्रचण्डको दावी
२ असार, रौतहट । स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) अमेरिकासंग सम्झौता नहुने नेपका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डले बताएका छन् ।
रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको बताएका छन् ।
यस्तै, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले एसपीपी सम्झौता कुनै पनि हालतमा नहुने समेत दावी गरेका हुन् । अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ ।
“हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गरिरहेको प्रचण्डले बताए’, गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।”
त्यसैगरी, प्रचण्डले एसपीपीको कार्यन्व्यन गर्ने काम गर्ने २०१९ मा केपी ओली सरकारले गरेको आरोप समेत लगाएका हुन् ।






