चोरिएको मोटरसाइकलसुहित एक जना पक्राउ

   २७ जेष्ठ २०७९, शुक्रबार १८:२४  

२७ जेठ, भक्तपुर । चोरिएको मोटरसाइकलसहित भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी गरी लैजाँदै गरेको अवस्थामा मोटरसाइकलसहित २० वर्षीया भोज बहादुर श्रेष्ठलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका २ दुवाकोट केएमसी चोकबाट सिन्धुली तिनपाटन गाउँपालिका वडा नम्बर ६ घर भई काठमाडौं न्यूरोड बस्ने श्रेष्ठलाई आज बिहान बाग्मती प्रदेश ०२–०३३ प ६०९१ नम्बरको मोटरसाइकल लक तोडी चोरेर लैजादैँ गरेको अवस्थामा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

निजलाई पक्राउ गर्ने क्रममा मादक पदार्थ सेवन गरेकोले हातपात गरी उनी घाइते हुदाँ प्रहरी जवान कोरियन अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

सामान्य घाइते भएका उनलाई उपचार पश्चात् अस्पतालबाट डिस्चार्ज गरिएको छ । हिरासतमा रहेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।