करणी आरोपमा तीन जना पक्राउ

   १६ जेष्ठ २०७९, सोमबार १६:५०  

१६ वैशाख, पर्सा । विवाहको प्रलोभनमा पारेर करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पर्साको वीरगञ्जमा २५ वर्षीया युवतीलाई ललाई फकाई विवाहको प्रलोभन देखाएर पटक पटक बलात्कार गर्दै आएको अभियोगमा मोरङको कटहरी गाँउपालिका ४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका ३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका १० बस्ने ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ बस्दैँ आएकी २५ वर्षीया युवतीलाई विवाहको प्रलोभन देखाएर गत जेठ ५ गते (बिहीबार) वीरगञ्ज बोलाएका थिए । वीरगञ्ज आएकी युवतीलाई बसपार्कस्थित एक होटलमा लगेर पटक पटक करणी गरेपछि गत जेठ ९ गते (सोमबार) दुई सय रुपैयाँ दिएर फर्किन भने पनि ती युवती काठमाडौँ जान नमानेपछि वीरगञ्जस्थित कार्की होटलकी सञ्चालक लक्ष्मीको जिम्मा ती युवतीलाई लगाएर आरोपी फरार भएको थियो ।

प्रहरीका अनुसार तर, योगीले पनि जबरजस्ती करणी गरेर कोठामै थुनेर राखेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । जेठ १४ गते राति युवती भागेर आफन्तको सम्पर्कमा पुगेकी थिइन् ।

आफन्तले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि आरोपी तीनै जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।