काठमाडौं महानगरका नवनिर्वाचित मेयर-उपमेयरले भोलि शपथ लिने

   १५ जेष्ठ २०७९, आईतवार ११:५६  

१५ जेठ, रौतहट । गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावबाट निर्वाचित भएका काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले सोमबार शपथ ग्रहण गर्ने भएका छन् ।

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन र उपमेयर डंगोलसहितका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

शपथ ग्रहणपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् । सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमै हुनेछ ।