सवारी दुर्घटनामा परेर रेनु दाहल घाइते
१३ जेठ, रौतहट । भरतपुर महानगरपालिकामा नगर प्रमुख (मेयर) पदमा निर्वाचित भएकी रेनु दाहाल सवारी दुर्घटनामा परेर घाइते भएकी छन् ।
नवनिर्वाचित मेयर रेनु दाहाल आज सवारी दुर्घटनामा परेर घाइते भएकी छन् । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार गाडीको टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किदाँ दाहाल सामान्य घाइते भएकी प्रहरीले जनाएको छ ।
नवनिर्वाचित रेनु दाहालको टाउकोमा चोट लागेपछि पुल्चोकस्थित सुमेरू अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार पश्चात् अहिले उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।






