हाल नेपालमा १२९ जना सक्रिय संक्रमित
१२ जेठ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार २५ जनाको पीसीआर परीक्षण गर्दा जम्मा १४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा १ हजार ६ सय ३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा जम्मा ७ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।
त्यसैगरी, यो अवधिमा थप १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १ सय २९ कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






