ट्याक्टरको ठक्करबाट कैलालीमा स्कुटर चालकको मृत्यु, एक घाइते
८ जेठ, कैलाली । ट्याक्टरको ठक्करबाट कैलालीमा स्कुटर चालकको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ३० वर्षीया सबिता कंडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ७ बजे गौरीगंगा नगरपालिका ३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा से १ त ६८२७ नम्बरको ट्याक्टर र ट्याक्टर र सु.प.प्र ०१९००८ प १७८३ नम्बरको स्कुटर आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
स्कुटर पछाडि सवार लम्कीचुहा नगरपालिका ७ बस्ने २५ वर्षीया जमुना सिंह घाइते छिन् । दुर्घटनामा परेर घाइते भएकी जमुना सिंहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको हो ।
दुर्घटना पश्चात् ट्याक्टर चालक गौरीगंगा नगरपालिका ७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ ।






