रौतहटका २४ मतदानकेन्द्रमा आज मतदान

   ४ जेष्ठ २०७९, बुधबार १३:१२  

४ जेठ, रौतहट । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका क्रममा झडप भए पछि रद्द भएका २४ मतदान केन्द्रमा आज निर्वाचन शुरु भएको छ ।

मतेपेटिका लुटपाट, मतपेटिका तोडफोड र झडपका कारण रद्द भएका ६ स्थानीय तहका मतदान केन्द्रहरुमा आज बिहानबाट मतदान शुरु भएको हो । रौतहटको गरुडा नगरपालिकाको १, गढीमाई नगरपालिकाको ४, देवाही गोनाही नगरपालिकाको २, फतुवा विजयपुरका ४, बौधीमाई नगरपालिकाको ८ र यमुनामाई गाउँपालिकाको ५ मतदान स्थलमा मतदन भइरहेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा रौतहटको फतुवा विजयपुर नगरपालिकामा झडप भए पछि प्रहरीले हवाई फायर गर्नु परेको थियो भने यमुनामाई गाउँपालिका २ भेडियाही मावि मतदान केन्द्रबाट स्थानियले मतपेटिका लुटेर भागेका थिए ।

स्थगित भएका रौतहटमा २४ मतदान केन्द्रमा अत्यन्त कडा सुरक्षाका साथ पुनः मतदान जारी छ । सबै मतदान केन्द्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर मतदान भईरहेको छ ।