मंगलबारदेखि सीमा नाका बन्द गर्ने: निर्वाचन आयोग

   २५ बैशाख २०७९, आईतवार १३:१७  

२५ वैशाख, रौतहट । स्थानीय तहको निर्वाचनका लागि २७ गते (मंगलबार) देखि भारतसंग जोडिएको सीमानाका बन्द हुने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको चुनाव शान्ति पूर्ण वातावरण तथा भयरहित हुनका लागि मंगलबारदेखि छिमेकी मुलुक भारतसंग जोडिएको सीमा बन्द गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

भारतसंग जोडिएको नाका चुनाव भन्दा ४८ घण्टामा अगावै सिल गर्ने निर्णय गरेर निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्राचार गर्दै निर्णय कार्यान्वयनका लागि निर्देशन समेत दिएको छ ।

यस्तै, वैशाख ३० गते (शुक्रबार) चुनावको दिन कुनै किसिमको सवारीसाधन समेत नचल्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

त्यसैगरी, २०६४ सालमा रौतहटमा अति संवेदनशिल रहेको १२१ मतदानस्थलहरुलाई परिमार्जन गरेपनि हाल ८३ मतदानस्थल अझै संवेदनशिल नै रहेको छ ।

रौतहट जिल्लामा भारतसँग जोडिएको गौर, राजदेवी, इशनाथ, बौधीमाई, परोहा, र चुरेसँग जोडिएका चन्द्रपुर नगरपालिकासहित १४ पालिकाको ८३ वटा मतदान स्थल संवेदनशिल रहेको छ भने गरुडा, माधवनारायण, गुजरा नगरपालिका र यमुनामाई गाउँपालिकामा मतदानस्थल संवेदनशिल नरहेको बताइएको छ ।

रौतहटमा ११९ संवेदनशिल र ७४ सामान्य गरी २७६ मतदानस्थलमा ४७७ मतदान केन्द्र रहेको छन् ।