स्थानीय निर्वाचनपछि पेट्रोलियम पदार्थको मुल्य बढ्ने सम्भावना

   २४ बैशाख २०७९, शनिबार १३:१३  

२४ वैशाख, रौतहट । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि चुनावको बेलामा सरकारको विरोध हुन सक्ने भन्दै हाल आयल निगमले इन्धनको मूल्य स्थिर नै राखेको छ ।

छिमेकी मुकुल भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचि पठाए पनि हाल आयल निगमले इन्धनको बढाएको छैन् ।

गत चैत २२ गतेपछि आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छैन् । आईओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको निगमले हाललाई स्वचालित मूल्य प्रणाली रोकेको छ ।

वैशाख ३० गते हुने स्थानी तहको निर्वाचनपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने सम्भावना रहेको छ ।
स्थानीय निर्वाचन लगत्तै भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचि पठाएको अनुसार निगम पेट्रोल र डिजेलको उपभोक्ता खुद्रा बिक्री मूल्य प्रतिलिटर १८३ रुपैयाँ भन्दा धेरै पुग्नेछ ।