एमालेका अध्यक्ष ओली गौरमा चुनावी सभा सम्बोधन गर्दै

   २३ बैशाख २०७९, शुक्रबार १५:३२  

२३ वैशाख, रौतहट । नेकपा एमालेका अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली रौतहटको गौरमा आइपुगेका छन् ।

रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको प्रयाङ्गमा पुगेका अध्यक्ष ओली वैशाख ३० गते हुने स्थानीय तहको चुनावी सभा सम्बोधन सुरु गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट रौतहटको नगर प्रमुख (मेयर)को पदका लागि अनिल मिश्रा ले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, गौर नगरपालिकामा उपमेयरको पदका लागि अम्विया खातुनले उम्मेदवारी दिएकी छिन् ।

गौरको राईस मिलमा अध्यक्ष ओली र पूर्व मन्त्री प्रभु साहलगाए अन्य नेता तथा कार्यकर्ताहरु चूनावी सभा सम्बोधन कार्यक्रममा सहभागि भएका छन् ।

May be an image of one or more people, people standing, crowd and outdoors