जैदलाई मतदान गर्ने स्थानीसंग आग्रह; जसपाका अध्यक्ष उपेन्द्र यादव

   २३ बैशाख २०७९, शुक्रबार १३:२१  

२३ वैशाख, रौतहट । जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव लगाएत शीर्ष नेताहरु रौतहटको राजपुरमा पुगेका छन् ।

यही वैशाख ३० गते (शुक्रबार) हुने स्थानी तहको चूनावी सभालाई सम्बोधन गर्न अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेश का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश २ का कृषि राज्य मन्त्री योगेन्द्र यादव, जसपा का केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य किशोरी यादव लगायत नेताहरु राजपुर पुगेका हुन् ।

स्थानी तहको निर्वाचनका लागि राजपुर नगरपालिकामा नगरप्रमुख (मेयर) का उम्मेदवारी दताए गराएका जैद राजाको निजी निवासमा जसपाका अध्यक्ष यादवसहित आएका नेताहरुले नगरवासीहरुसँग भेटघाट गर्दै जैद राजालाई मतदान गर्ने आग्रह समेत गरेका छन् ।

नगर विकास र राजपुर नगरपालिका क्षेत्रलाई हिलो र धुलो मुक्त गर्नलाई भारी मतलेजैद राजालाई विजय बनाउन स्थानीहरुलाई आग्रह गरेका छन् । नगरवासीले जैद राजालाई समर्थन गरे भने प्रदेश सरकारको पहिलो प्राथमिकतामा राजपुर नगरपालिकाको विकास नै रहने समेत मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाए ।

रौतहट जिल्लाको बौंधिमाई नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल को वृहत चुनावी आम सभा कार्यक्रम सम्पन्न भएको छ ।
जसपा पार्टीको जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा रौतहटको बौधिमाइ नगरपालिका -५ मा वृहत् चुनावी आम सभा कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी , रौतहटको चर्चित विधायक रामकिशोर यादव ,वर्तमान नगर प्रमुख राजीव रन्जन लगायत विभिन्न कार्यकर्ताको उपस्थिति रहेको थियो।
यस्तै, पार्टीबाट टिकट नपाएको कारण जैद राजपुरमा नेकपा एमाले परित्याग गरेर जनता समाजवादीमा प्रवेश गरेका थिए ।

त्यसैगरी, रौतहटको बौधिमाई नगरपालिकामा जनता समाजवादी पार्टीको चुनावी आम सभा सम्पन्न भएको छ ।

जसपा पार्टीको जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा शुक्रबार बौधिमाई नगरपालिका ५ मा चुनावी सभा सम्बोध कार्याक्रम आयोजित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान नगर प्रमुख राजीव रन्जन लगायत विभिन्न कार्यकर्ताहरुले सहभागिता जनाएका थिए ।