बौधीमाई नगरपालिकामा चुनावी प्रचार प्रसार तीव्र
२२ वैशाख, रौतहट । रौतहटको बौधीमाई नगरपालिकामा चुनावी प्रचार प्रसाद तीव्र रुपमा भइरहेको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले चुनाव नजिकै आजसंगै प्रचार प्रसारपनि तीव्र गतिमा गरिरहेका छन् ।
नेकपा एमालेबाट बौधीमाई नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका त्रिभुवन साह (अमर साह) र उपमेयरका लागि मनोनयन दर्ता गराएकी फुलबदन देवी लगायत अन्य कार्यकर्ताहरु नगरवासीका घरदैलोमा पुगेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
बौधीमाई नगरपालिका वडा नम्बर ८ र ९ सरमुज्वामा नगर विकाशका लागि हामीलाई अत्यधिक मतले विजय बनाउनु भन्दैँ उम्मेदवारसहित कार्यकर्ताहरु नगरवासीका घरदैलोमा पुगेका हुन् ।







