गौरमा आजदेखि सवारीसाधनमा पार्टीका झण्डा लगाउन रोक
२२ वैशाख, रौतहट । वैशाख ३० गते हुने स्थानीय तहको चुनावी प्रचार प्रसारका लागि पार्टीका झण्डा लगाएर घुम्ने सवारीसाधनमा आज देखि रोक लगाइएको छ ।
रौतहटको गौर नगरपालिकामा बिहीबार बिहानदेखि चेकजाँचका लागि ट्राफिक प्रहरी, नेपाल प्रहरी तथा म्यादी प्रहरी खटिएका छन् ।
चुनावी महोल तताउनका लागि कायकर्ताहरुले अ-आफ्ना पार्टीका बाजा, बैनर, झण्डा मोटरसाइकल, अटो, गाडीमा बाधेर (बोकेर) घुम्दैँ आएको कार्यमा आज देखि पूर्णरुपमा रोक लगाइएको छ ।
यस्तै, स्थानीय तहको निर्वाचनका लागि आजदेखि ९ दिन बाँकी रहेको छन् ।






