सुनचाँदीको मूल्यमा गिरावट
१५ चैत, रौतहट । नेपाली बजारमा आज एकै दिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोलामा ९९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार १ लाख ५ सय रुपैयाँमा कारोबार छापावाला सुनको कारोबार भएको थियो ।
यस्तै, हिजो तोलामा १ लाख रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलबार ९८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलामा १ हजार ३ सय ७० रुपैयाँ तोकिएको छ । सोमबार चाँदीको कारोबार तोलामा १ हजार ३ सय ८० रुपैयाँ कायम भएको हो ।






