लागुऔषधसहित बाराबाट एक जना पक्राउ

   १२ चैत्र २०७८, शनिबार १०:३७  

१२ चैत, बारा । सर्लाहीका एक जनालाई लागुऔषधसहित बाराबाट प्रहरीले पक्राउ गरेको छ ।

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर २ सङ्ग्रामपुरका २० वर्षीय मिथिलेशकुमार मण्डललाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमाडौं तर्फ जाँदै गरेको ना ७ ख २६८१ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको डिकीमा लुकाइछिपाई राखेको अवस्थामा २ हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित हिरासतमा लिएको हो ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ