अब ६५० एमजीको सिटामोल ट्याब्टे बनाउन; सरकारको अनुमति
११ चैत, रौतहट । औषधि व्यवस्था विभागलाई सरकारले अब ६५० एमजीको सिटामोल ट्याब्टे बनाउन स्वीकृति दिएको छ ।
बिहीबार बसेको औषधि सल्लाहाकार समितिको बैठकमा भएको छलफल अनुसार ६० वर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेपछि ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई सरकारले अनुमति दिएको छ ।
डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।
तर, सरकारले गरेको यो निर्णयको विरोध उपभोक्ता अधिकारकर्मीले जनाएका छन् । उनीहरुले क्निकल परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा मूल्य बढाउने हिसाबले थप तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको आरोप समेत लगाएका छन् ।
नेपाली बजारमा वार्षिक करिब ७ करोड चक्की सिटामोलको माग हुन गरेको छ ।






