बुटवलबाट गाँजासहित एक महिला पक्राउ
१० चैत, रुपन्देही । रुपन्देहीबाट लागूऔषधसहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको बुटवल उपमहानगरपालिका २ मैनाबगरमा डेरा गरि बस्दै आएकी ३८ वर्षीया दुर्गा बुढाथोकी भन्ने (प्रेम कुमारी बुढाथोकी)लाई हिरासतमा लिएको हो ।
उनलाई बुधबार साँझ तीन किलो गाँजासहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पक्राउ परेकी ती महिलामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






