करणी आरोपमा पर्साबाट एक जना पक्राउ
९ चैत, पर्सा । करणी आरोपमा पर्साबाट एक जना पक्राउ परेका छन् ।
१५ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको अभियोगमा जिल्लाको बहुदरमाई नगरपालिका ९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो (कोइरी)लाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
विवाहको प्रलोभनमा पारेर ती बालिकालाई पटक(पटक करणी गर्दै आएको महतोलाई वीरगञ्ज महानगरपालिका १३ बाट नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । प्रवक्ता खनालका अनुसार यही चैत ६ गते (आइतबार) आरोपी महतोले आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेका थिए ।
यस्तै चैत ७ गते बालिकाको आफन्तहरुले महतो विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई हिरातमा लिएको हो । पक्राउ परेका उनीमाथि घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






