झालाई ज्यान मार्ने धम्की दिएका अधिकृत यादवमाथि कारबाहीको माग

   २५ फाल्गुन २०७८, बुधबार १३:३६  

२५ फागुन, रौतहट । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कार्य समितिका सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिने स्वास्थ्य कार्यालय गौरका कोल्ड निरीक्षक अधिकृत पासपत राय यादवमाथि कारबाहीको माग गरिएको छ ।

९७ लाख रुपैयाँ विगत वर्षदेखि पेश्की राखेको सन्दर्भमा प्रतिक्रिया लिन गएका शैलेन्द्र झालाई ज्यान मार्ने धमकी दिएको आरोपमा नेपाल पत्रकार महासंघ रौतहट शाखाले निरीषक यादवलाई कारबाहीको माग गरेको हो ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव मदन ठाकुरले विज्ञप्ति जारी गर्दै धम्काउने यादवलाई कारवाई गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

त्यसैगरी, कोल्ड निरीक्षक अधिकृत यादवले ज्यान मार्ने धम्की दिएकोमा घोरनिन्दा गर्दै उनीमाथि कारबाहीको मागसहित प्रेस चौतारी नेपालले पनि एक प्रेस विज्ञप्ति जारी गरेको छ । धम्की दिने यादवलाई कानुनी दायरामा ल्याउने सम्बन्धित निकायसंग जोडदार मागसमेत गरेको छ ।

कुनै किसिमका बहानामा पत्रकारलाई ज्यान मार्ने धम्की दिनु प्रेस स्वतन्त्रता विरोधि काम भएकोले प्रेस चौतारी नेपालका जिल्ला सचिव मुकेश शाहद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गरिएको छ ।