रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक वृद्धाको घटनास्थलमै मृत्यु
१० फागुन, रुपन्देही । टिप्पर र स्कुटर आपसमा ठोक्किँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर सैनामैना नगरपालिका ११ की ६४ वर्षीय गायत्री आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका ११ इँटाखोलास्थित सडकमा लु २ ख ५७९३ नम्बरको टिप्पर र लु ३६ प ९८९१ नम्बरको स्कुटर सोमबार दिउँसो एकआपसमा ठोक्किँदा स्कुटरको पछाडि सवार आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परेर घाइते भएका स्कुटर चालकको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचार भइरहेको छ । ठक्कर दिने टिप्परसहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






