थप २६२ जनामा कोरोना पुष्टि, १ हजार ३३८ जना संक्रमणमुक्त

   ८ फाल्गुन २०७८, आईतवार १७:०२  

८ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार ५ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय २९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा ३ हजार २४३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा जम्मा ३३ जनामा एन्टिजेन संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएको संक्रमितहरुसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १४ हजार १५६ पुगेको छ ।

त्यसैगरी, विगत २४ घण्टामा १ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन् । यससहित हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ५१ हजार ३ सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भको छ । योसंगै हालसम्म नेपालमा संक्रमणको कारण ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ९ सय २१ पुगेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।

त्यसैगरी, काठमाडौं उपत्यकामा थप ९३ जना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमितमध्ये काठमाडौंमा ८०, ललितपुरका १२ र भक्तपुरका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।