फागुन १२ गतेसम्मका लागि संसद् बैठक स्थगित

   ८ फाल्गुन २०७८, आईतवार १५:४०  

८ फागुन, रौतहट । संसदीय सभाको बैठक अगामी ४ दिनका लागि स्थगित भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा एमसिसी सम्झौता टेबुल भएपछि चार दिनका लागि स्थगित भएको स्रोतले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका थिए ।

आज बसेको संसदीय दलको बैठकमा एमसीसी पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि संसद् बैठक स्थगित गरेका छन् ।