संसदमा आजै एमसीसी टेबल हुने
८ फागुन, रौतहट । प्रतिनिधिसभाको बैठकमा आजै एमसीसी टेबल गर्ने सरकारले निर्णय गरेको छ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) सत्ता गठबन्धनमा पेस गर्ने सहमतिसँगै आइतबार नै बैठकमा एमसीसी पेस गर्न लागिएको स्रोतले जनाएको छ ।
सबैलाई संसद भवनतिर जान आग्रह गर्दै पत्रकारसँग मन्त्री कार्कीले भने, ‘एमसीसी सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।’
‘जे-जे प्रश्न छन्, त्यसमा सार्वभौम संसदमा सांसदले छलफल गर्नुहुन्छ र निष्कर्षमा पुगिन्छ’, उनले थपे ।






