फेरि बढ्यो पेट्रोलियम प्रदार्थको मूल्य

   ८ फाल्गुन २०७८, आईतवार १०:३२  

८ फागुन, रौतहट । नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेशन्स्ले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आजबाट लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमले तीन हप्ता नबित्दै नयाँ मूल्य तोकिए अनुसार आइतबारबाट पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढेर १४५ रुपैयाँ कायम भएको छ ।

यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर ३ रुपैयाँले वृद्धि हुदैँ १२८ रुपैयाँ निर्धारण भएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।