सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
७ फागुन, सुर्खेत । सवारी दुर्घटनामा परेर सुर्खेतमा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको भेरीगंगा नगरपालिका वडा १० का २० वर्षीय रवीन सिंजाली र सोही स्थानका १७ वर्षीय योगेश बुढाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रहरीका अनुसार छिन्चुबाट कोहलपुरतर्फ जाँदै गरेको लु ८० प ८४९३ नम्बरको मोटरसाइकल शुक्रबार गएराति करिब १०:३० बजेतिर अनियन्त्रित भई दुर्घटना थियो ।
मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि आज बिहानै मेहेलकुना अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।






