बाघको आक्रमणबाट बाँकेमा वृद्धको मृत्यु

   ७ फाल्गुन २०७८, शनिबार ११:३७  

७ फागुन, बाँके । बाघको आक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु भएको छ ।

आज बिहान घास-दाउराका लागि जंगल गएका सोनारी गाउँपालिका वडा नम्बर ६ का ६० वर्षीय धनबहादुर चलाउनेको बाघले आक्रमण गर्दा मृत्यु भएको छ ।

प्रहरीका अनुसार चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए । शनिबार बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

घर नफर्कको कारण उनको खोजी गर्ने क्रममा जंगल भित्र शव १० बजेतिर निजको शव फेला परेको प्रहरीले जनाए ।