नक्कली सुनको गहना बेचेको आरोपमा युवक पक्राउ

   ७ फाल्गुन २०७८, शनिबार ११:११  

७ फागुन, रौतहट । नक्कली सुनको गहना बेचेको आरोपमा एक जनालाई बूढानिलकण्ठबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सिराहाको कल्याणपुर घर भएको ३२ वर्षीय पङ्कज कुमार गुप्ता रहेका महानगरीय प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले २ थान सुनको सिक्री, मोबाइल, सवारीचालक अनुमति पत्र समेत बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा महानगरी प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले फागुन ४ गते नै निजलाई हिरासतमा लिएको थियो । पक्राउ परेका उनीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।