पर्सामा ट्याक्टरको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते
७ फागुन, पर्सा । पर्साको वीरगञ्जमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षीय राजेश राउत कंकरले ज्यान गुमाएको प्रहरीले जनाएको छ । वीरगञ्ज–ठोरी सडक खण्डमा रामनगरीबाट बहुअरी तर्फ आउँदै गरेको ना ७ त ५३७८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रर्साका प्रहरी प्रवक्ता नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
राजेश राउत कंकरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना पश्चात् फरार भएको ट्याक्टर चालकको खोजी भइरहेको छ ।






