पासो लगाइ नगरकोटमा युवतीले गरिन् आत्महत्या

   ६ फाल्गुन २०७८, शुक्रबार ११:२४  

६ फागुन, रौतहट । भक्तपुरमा एक युवतीले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेकी छन् ।

जिल्लाको नगरकोटको सम्शेर टोलमा बस्ने २२ वर्षीया सूर्यमाया तामाङले आफ्नै जस्ताको छानो भएको घरको बलोमा झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

प्रहरीलेका अनुसार बिहीबार अपराह्न ४:३० बजेतिर ती युवती झुण्डिएको अवस्थामा फेला परेकी भक्तपुरका प्रहरीका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।

घटनाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।