सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरू
६ फागुन, रौतहट । सरकारी निवास बालुवाटारमा गठबन्धनका दलहरूको बैठक सुरू भएको छ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्ने विषयमा छलफल गर्नेका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा सत्तारूढ दलका शीर्ष नेताहरूको बैठक बोलाएको स्रोतले जनाएको छ ।
बालुवाटार बैठकअघि प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको बैठक भएको थियो ।
बैठकमा प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत तीनै पार्टीका मुख्य नेताहरू बैठकमा सहभागि भएको थिए ।






