नेपालमा थपिए ५ सय ७० कोरोना संक्रमित, ६ जनाको मृत्यु
५ फागुन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ७० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ७ हजार २८ जनाको पीसीआर परीक्षण गरिएको छ भने २ हजार ७६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो ।
त्यस्तै, यो अवधिमा १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको छ ।
त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विगत २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा १६ हजार ६ सय १६ कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






