सर्लाहीका छुट्टाछुट्टै स्थानम आगलागी हुँदा लाखौँको क्षति
५ फागुन, सर्लाही । सर्लाहीको छुट्टाछुट्टै स्थानमा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्लाको हरिपुर नगरपालिका ३ बरहदवाका राधेश्याम ठाकुरले सञ्चालन गरेको दाल उद्योगमा आगलागी भएको छ । आगलागीबाट ५ लाख ४० हजारभन्दा बढीको क्षति भएको हो । दाल उद्योगमा विद्युत सर्ट भएर आगलाजी भएको प्रहरीले जनाएको छ ।
यस्तै, बागमती नगरपालिका ४ निवासी देवराज सिङतानको घरमा आगलागी भएको हो । बुधबार साँझ सिङतानको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट भएको छ ।






