स्थानीय निर्वाचनको प्रचार अवधि १३ दिन मात्रै

   ४ फाल्गुन २०७८, बुधबार १३:३१  

४ फागुन, रौतहट । अगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा प्रचार अवधि १३ दिन मात्रै रहेको छ ।

निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता भई दावी विरोध लगायत कार्य वैशाख १५ गते उम्मेदवारीहरुको अन्तिम नामावली सार्वजानिक हुने छ ।

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि १३ दिन मात्रै चुनावी प्रचारको अवधि सुरु हुन्छ ।

यस्तै, चुनाव हुने दिनभन्दा ७२ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुँदा उम्मेदवारहरूले बैशाख २८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाउने निर्वाचन आयोगले तय गरेको कार्यतालिमा उल्लेख गरिएको छ ।