स्कुटर दुर्घटनामा परेर चालकको मृत्यु
४ फागुन, सर्लाही । स्कुटर दुर्घटनामा परेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित भित्री सडक खण्डमा ज १२ प ३८०३ नम्बरको स्कुटर दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरका ६० वर्षीय रामलाल पाख्रिनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगर अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।
दुर्घटन बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






