टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
४ फागुन, उदयपुर । उदयरपुरगढी गाउँपालिकामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
उदयरपुरगढी गाउँपालिका वडा नम्बर ७ मा मंगलबार बेलुकी ६ः४५ बजेतिर टिपरको ठक्करबाट स्थानीय १९ वर्षीय उज्वल खपाङगीको मृत्यु भएको छ ।
नेपालटारबाट कोल्टेतर्फ जाँदै गरेको स१क १९० नम्बरको टिपर अनियन्त्रित भई दुर्घटना हुँदा खपाङगीसहित चार जना घाइते भएका थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका चारै जनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याएपनि खपाङगीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते भएका टिपर चालक सप्तरीका २९ वर्षीय उमेशकुमार चौधरीसहित ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






