नेपालमा थप ६८० जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

   ३ फाल्गुन २०७८, मंगलवार १७:१९  

३ माघ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार २ सय ५६ जनानाको पीसीआर परीक्षण गर्दा जम्मा ४ सय ९८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा २ हजार ८ सय ३९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ८२ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।

त्यसैगरी, बितेको यो अवधिमा थप १ हजार ८ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैबीच, कोरोना भाइरस (कोभिड १९)संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

हाल नेपालमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ११ हजार ९ सय २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १९ हजार ४ सय संक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।