सेती प्रादेशिक अस्पतालमा थप एक संक्रमितको मृत्यु
journey fortech
२ फाल्गुन २०७८, सोमबार ११:५७
२ फागुन, कैलाली । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरको दोधराचाँदनी नगरपालिका ७ की ४५ वर्षीया महिलाको आइतबार गएराति उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमित ती महिला कोरोनासँगै दम र सुगर रोगबाट पीडित थिइन् । उनको अस्पतालको आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको हो ।






