प्रतिनिधिसभाको बैठक फागुन ४ गतेको लागि सारियो

   १ फाल्गुन २०७८, आईतवार १२:३९  

१ फागुन, रौतहट । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

फागुन २ गते दिउँसो १ बजे बस्ने गरि बोलाइएको बैठक फागुन ४ गतेसम्मको लागि सारिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभा बैठक सारिएको हो ।

संसद सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।