नारायणी अस्पतालमा उपचाररत ७५ वर्षीय वृद्धको मृत्यु
२९ माघ, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप एक पुरुषको मृत्यु भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका २० अपौनी टोलका ७५ वर्षीय संक्रमित पुरुषको उपचारकै क्रममा शुक्रबार गएराति मृत्यु भएको हो ।
एन्टिजेन संक्रमण पुष्टि भएपछि उपचारका लागि बिहीबार वीरगञ्जको एडभान्स अस्पतालमा उनी भर्ना भएका थिए । सो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि ती संक्रमित पुरुषलाई नारायणी अस्पतालमा रेफर गरेको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।
कोरोनाविरुद्धको खोप नलिएको वृद्धमा कडा निमोनिया देखिएको डा. सिंहले जनाए ।






