१८ वर्ष माथिका सबै नागरिकलाई फागुन १ देखि बुस्टर डोज दिने; खतिवडा

   २८ माघ २०७८, शुक्रबार १३:२१  

२८ माघ, रौतहट । फगुन १ गते (आइतबार)देखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जनाएका छन् ।

कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उनले फगुन १ देखि १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका हुन् ।

‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ’, पत्रकार सम्मेलनमा उनले भनेका छन्,‘फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्नुहुन्छ ।’

सुरूआतमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको भन्दै फागुन १ देखि भने खोप केन्द्रमा गएर सबैले बुस्टर डोज लगाउन सक्ने उनले बताए । त्यसको लागि खोप कार्ड अनिवार्य देखाउनुपर्ने उनले बताए ।