बैतडीमा घरमाथिबाट खसेका पहिरोमा आमाछोराको मृत्यु
साउन २३, रौतहट । बैतडीमा बिहीबार राति आएको पहिरोमा पुरिएर आमा – छोराको मृत्यु भएको छ । बैतडीको डिलाशैनी गाउँपालिका ४ का ४० वर्षीया पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घरमा रहेका १६ वर्षीय छोरी सुजिता बोहरा र उनकी १३ वर्षीया साथी सुनिता बोहरा तल सुतेकाले उनीहरुले भागेर र ज्यान जोगाएका छन । त्यस्तै मृत्यु भएका आमा छोराले घरको माथिल्लो तलामा सुतेकाले उनीहरुकोे मृत्यु भएको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिएका हुन् ।
मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छ्रैनन । घरमाथिबाट खसेको पहिरोले आमाछोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।
सो ठाउँमा तलतिर पनि पहिरो खस्ने सम्भवना रहेकाले अरु घर पनि पहिरोको जोखिममा परेका उनले बताए । भित्र कमेरोयुक्त माटो भएकाले बलाली पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन ।






