करेन्ट लागेर सुखृेतमा एक युवकको मृत्यु, एक घाइते

   २० माघ २०७८, बिहीबार १६:०६  

२० माघ, सुर्खेत । सुर्खेतमा करेन्ट लागेर आज एक युवकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर ११ धुलियाबीटमा स्थानीय २२ वर्षीय भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि देउती अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको सुर्खेतका प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

घरमा जोडेको बिजुलीको तर बाँसमा राखेर अग्लो गर्ने क्रममा बाँस खाडलमा राख्नेबेला फुत्किएर बिजुलीको नांगो तारमा खसेपछि बुढालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेकै बेला छुटाउन गएका स्थानीय २० वर्षका दुर्गा रोकाया घाइते भएका छन् । घाइते रोकायाको उपचार सोही अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।