एप्पलको बिक्रीमा वृद्धि
१४ माघ, एजेन्सी । एप्पलको बिक्रीमा वृद्धि भएको अनुमान गलत साबित भएको छ ।
माइक्रोचिप्सको विश्वव्यापी स्तरमा कमी हुँदाहुँदै पनि क्रिसमसका बेला सबै अनुमान गलत बताउँदै अक्टोबरदेखि डिसेम्बरका बीच एप्पलको बिक्री ११ प्रतिशत बढेर १२३.९ अर्ब डलर भएको रिपोर्टमा बताइएको छ ।
कोरोना महामारीको कारण बजार बन्द हुँदा व्यापारमा कम्पनीको शेयरमा ४% ले वृद्धि भएको बढोत्तरी जारी रहनेछ । कोभिड १९ को बेला मानिस धेरै समय अनलाइन नै बसेका कारण एप्पलको बिक्री बढेको हो ।
विशेषज्ञले अघिल्लो वर्ष विश्वव्यापी स्तरमा माइक्रोचिप्सको कमीका कारण एप्पलको विक्री प्रभावित हुनसक्ने चेतावनी समेत दिएका थिए । विशेषज्ञले आइप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने अनुमान लगाएका थिए र यसै उत्पादनको बिक्रीमा १४ प्रतिशतको कमी आएको छ ।






