सप्तरीमा अज्ञात समूहद्वारा ट्रकमा आगजनी
१२ माघ, सप्तरी । सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत एक ट्रकमा आगजनी गरिएको छ ।
मंगलबार गएराति करिब ११ बजेतिर कुखुराको दाना लोड गरी गइरहेको ट्रकमा अज्ञात समूहले आगजानी गरेको प्रहरीले जनाएको छ ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर ४ स्थित विशाल चोकबाट पूर्वतर्फ जादैँ गरेको अवस्थामा ना ५ ख १९११ नम्बरको ट्रकमा आगजनी भएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिए ।
अज्ञात समूहद्वारा गरिएको आगजनीले ट्रक पूर्ण रूपमा जलेर नष्ट भएको छ ।






