नेपालको जनसंख्या २ करोड ९१ लाख पुग्यो

   १२ माघ २०७८, बुधबार ११:०४  

१२ माघ, रौतहट । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

अघिल्लो पटकको जनगणनामा नेपालको नजसंख्या २ करो ६४ लाख मात्रै थियो । नेपालमा जनसंख्या वृद्धि भएपनि अझै ३ करोड पुगेको छैन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् ।
नेपालको जनसंख्या ३ करोड नाघेको अनुमान गरिए पनि जनसंख्या वृद्धिदर घट्दा ३ करोड छुन नसकेको देखिएको छ ।

१० वर्षअघि वि.सं. २०६८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो ।