करणी आरोपमा वीरगञ्जबाट एक युवक पक्राउ
१२ माघ, पर्सा । करणी आरोपमा वीरगञ्जबाट एक जना पक्राउ परेका छन् ।
डर, त्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगेर १५ वर्षीया किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका २३ सबैठवाका २० वर्षीय मुन्नप्रसाद यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आरोपी यादवलाई उनका घरबाटै हिरासतमा लिएको हो । पक्राउ परेका उनीमाथि घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






