रौतहट क्षेत्र नम्बर १ मा माधव नेपाल निर्वाचित
८ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै अध्यक्ष माधव नेपाल निर्वाचित भएका हुन् । मंसिर ४ गते आइतबार भएको चुनावमा माधव नेपाल ३३ हजार ५ सय २२ मत पाएर निर्वाचित भएका छन् भने २६ हजार ९ सय २२ मत पाएर अजय गुप्ता पराजित भएका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका उम्मेदवार अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् ।






