निर्वाचन आचारसंहिता विपरीत टासिएको पर्चाहरु हटाईयो

   २३ कार्तिक २०७९, बुधबार १४:२७  

२३ काक्तिक, रौतहट । रौतहटमा दल गत टासिएको पर्चा प्रहरीद्वारा हटाइएको छ ।

निर्वाचन आचारसंहिता विपरीत टासिएको पर्चाहरु प्रहरीद्वारा मंगलबार हटाइएको छ । जिल्ला निर्वाचन अचारसंहिता अनुगमन समितिको निर्देशनमा मंगलबार पम्पलेटहरु हटाइएको हो ।

जिल्लामा निर्वाचन आचारसंहिताको पालना गराउने उदेश्यले जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सार्वजनिक स्थान, उद्यान तथा पोलमा रहेको दलगत उम्मेदवारको निर्वाचन चिन्ह भएको ब्यानर हटाइएको छ ।