आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने
२२ काक्तिक, रौतहट । आज बेलुकी चन्द्रोदय हुँदादेखि नै खग्रास चन्द्रग्रहण लागेको छ ।
कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित मंगलबार बेलुकी ५:११ बजेदेखि ग्रहण लागेर नै उदय भएकोले ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ । बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ भने बेलुकी ६ बजेर ३४ मिनेटमा ग्रहण सकिने राष्ट्रिय पञ्चाङ्गमा उल्लेख गरिएको छ ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास चन्द्रग्रहण भनिएको समेत राष्ट्रिय पञ्चाङ्गमा उल्लेख गरिएको छ । नेपालबाट १ घण्टा २३ मिनेट खग्रास चन्द्रग्रहण देखिनेछ ।






